• Conference Program

PLEASE COPY Conference Program FROM THE WEB PAGE – NO NEED TO TRANSLATE INTO NEPALI

  • Invited Speakers

PLEASE COPY FROM THE WEB PAGE – COPY ALL FROM ‘About Us’ – NO NEED TO TRANSLATE

  • Conference Summary Report

PLEASE COPY REPORT FROM THE WEB PAGE  — 

Nepali translation is here at the end of this file

  • All photos from the conference  (Please see zip file)
  • Videos from the conference   (You can start with this one and I will try to send you more.  See https://www.youtube.com/watch?v=HJrPP38nVsE&t=37s&authuser=0 )

=================================

Conference summary – Nepali translation गोष्ठी (सम्मेलन) को सारांशः

दुईदिने सम्मेलन अवधिभर वक्ताहरुद्वारा प्रस्तुत गरेका विषयहरु तथा छलफलका क्रममा सहभागीहरुवाट उठेका जिज्ञासाहरुको सार संक्षेपका मुख्य बुँदाहरु निम्न रहेका छनः

आम नागरिकमा सर्पदंशको प्राथमिक उपचार एवं उपचार विधिबारे जनचेतना

  • नेपालको सर्पदंश जोखिम क्षेत्रहरुमा रोकथाम तथा जनचेतनामूलक भूवैशिष्ट्य रणनीतिको अभाव छ ।
  • तराइका विद्यालयहरुमा सर्पदंशको खतरा¸ सर्पको पहिचान, सर्पदंशको रोकथाम तथा आधारभूत प्राथमिक उपचारको ज्ञान समेत सिकाइदैन ।
  • यद्यपि आम रुपमा¸ अति विपन्न वर्ग नै सर्पदंशको शिकार बन्छ जसको न त प्राथमिक उपचार सम्बन्धी सूचनामा पहुँच हुन्छ न अस्पतालसम्म पुग्ने र उपचार गराउने नै सामर्थ्य हुन्छ । फलतः राम्रो अभिप्रायबाट नै गरिने स्थानीय विधि र उपचारमा फस्छन् उनीहरु । हुन त गरिबीको अवस्थाबाट माथि उठ्दै गएपछि शैक्षिक स्तर पनि उठ्दै जान्छ र त्यस्ता पूरातनी ग्रामीण विधिहरुको निर्भरताबाट पनि उनीहरु मुक्त हुने संकेत देखिन्छ ।
  • स्वास्थ्यकर्मीहरुको के भनाइ छ भने सर्पदंशका धेरै बिमारीहरु डोरीले कस्सेर बाँधेर वा अनेक घरेलु औषधी प्रयोग गरेर, टोकिएको अंगमा नकारात्मक असर पारेर उपचार गराउन आउँछन । सहभागीहरुले Pressure Bandage को उपलब्धता र प्रयोगमा सरलता तथा त्यसका लाभहरुको बारेमा समेत चर्चा गरेका थिए ।  उनीहरुले डोरी बाँध्ने विधिले पुर्‍याउने हानिका बारेमा र त्यसलाई रोक्ने उपायहरुका बारेमा पनि छलफल गरेका थिए ।
  • मानिसहरु जहाँ जहाँ सुसुचित छन्, त्यहाँ त मोटरसाइकल एम्बुलेन्सका रुपमा स्थानीय स्वयंसेवकलाई सर्पदंशका बिरामीलाई अस्पताल पुर्याउन अनुरोध गर्न जान्ने भइसकेका छन् । सुरक्षा सम्बन्धी एउटा सानो निर्देशन दिएमा यो विधि¸ कम खर्चिलो र सुरक्षित उपाय साबित हुनसक्छ ।
  • भारतीय सहभागीहरुले आम जनचेतना अभियान कसरी चलाईरहेका छन् र कसरी उनीहरु आम सञ्चारको प्रयोग गरेर सूचनाहरु जनतासम्म पुर्याउन सफल भईरहेका छन् भनेर आफ्नो अनुभव सुनाएका थिए ।

स्वास्थ्य शिक्षा र सर्पदंश तथ्याङ्क

  • सर्पदंश हुने ग्रामीण एवं दुर्गम क्षेत्रहरुमा सर्पदंशका अभिलेखहरु राख्ने र तिनको सूचना दिने प्रणाली नै नहुनुले सर्पदंशको समस्या संख्यात्मक रुपमा कम देखिन गएको हो । त्यसैले नेपालमा यसको समस्याका बारेमा मूल्याङ्कन गर्ने बेलामा गाह्रो त हुन्छ तर यो क्षेत्र कै कुरा गर्दा भने यो एउटा ठूलो समस्याग्रस्त क्षेत्र हो भनेर परिचित छ ।
  • सर्पदंशलाई सूचनीय रोगका दर्जामा राखेर, त्यस्ता सूचनाका सहायताले तथ्याङ्क निकालेर सर्पदंशका घटना नयूनीकरणमा सघाउने आम सहमति भएको थियो ।
  • नेपालको MBBS पाठ्यांशमा सर्पदंश पीडितको स्याहार तथा उपचारबारे कुनै निर्देशिका छैन । त्यसैगरी नर्स तथा प्यारामेडिकल शिक्षामा समेत सर्पदंश उपचारबारे केही उल्लेख छैन । तर तराइका केही अस्पतालले भने आफ्नै पहलमा सर्पदंशको उपचार सम्बन्धित तालिमहरु दिने गरेको पाइएको छ । (साथै- माथिका बुदाहरुलाई हेर्ने हो भने नेपालको MBBS पाठ्यांशमा सर्पदंशको उपचारबारे निर्देशिका नहुनुले WHO Guidelines को प्रचार प्रसारमा गम्भीर चासो उठ्न सक्छ । यो निर्देशिका उपलब्ध भएमा यसको प्रचार प्रसार कसरी हुन्छ ?)
  • प्राथमिक स्वास्थ्यकर्मीलाई सर्पदंशको पहिचान तथा विषाक्तताको व्यवस्थापनबारे तालिम दिने आम सहमति भएको थियो । धेरै सहभागीले प्रथामिक स्वास्थ्य केन्द्रमा गुणस्तरीय Antivenom उपलब्ध नभएमा, स्वास्थ्यकर्मीले विरामीलाई तुरुन्त सुविधा सम्पन्न ठुला अस्पतालमा पठाईहाल्न प्रेरित गर्नुपर्ने अवाज उठाएका थिए । तर¸ केहि सहभागीहरुले रेफरल अस्पताल लाग्ने क्रममा उपचारमा ढिलाई हुने र ज्यान पनि जानसक्ने जोखिम भएको कुराको सावधानी गराए । संक्षेपमा के कुरा सहमति भएको थियो भने सर्पदंश जोखिम भएका सबै क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा Antivenom उपलब्ध गराइनु पर्छ र स्वास्थ्यकर्मीलाई त्यसको उचित प्रयोगको ज्ञान पनि दिनुपर्छ । प्राथमिक उपचार केन्द्र नै सर्पदंशका बिरामीको उपचार हुने पहिलो बिन्दू भएकाले ती केन्द्रलाई नै बढी ध्यान दिनु जरुरी देखियो ।
  • छलफलको क्रममा देशका अधिकांश निजी अस्पतालहरुले सर्पदंशको उपचार नगर्ने कुराको पनि जानकारीमा आयो ।

Airways Management (श्वासप्रश्वास व्यवस्थापन)

  • सर्पदंशका जानकार सहभागीको राय अनुसार Antivenom नभएको अवस्थामा पनि सर्पदंशका बिरामीलाई Ventilator (कृतिम श्वास-प्रश्वास दिने मेसिन) मा राखियो भने बिरामीको ज्यान जोगाउन सकिन्छ ।
  • तराइका सबै स्थानहरुमा Full ICU Ventilator उपलब्ध छैनन् । जहाँ छैनन् ती स्थानमा बिरामीलाई हाते एम्बुब्याग वा इण्डोट्राकिएल ट्युबबाट पनि Ventilation (कृतिम श्वास-प्रश्वास) दिन सकिन्छ । तर नेपालमा यस्तो श्वास-प्रश्वास व्यवस्थापन सम्बन्धि तालिम पनि सबै स्वास्थ्यकर्मीलाई दिइएको हुदैन ।

Antivenom (प्रतिविस)

प्रतिविस भन्ने शीर्षक, प्रस्तुतीकरण तथा छलफलको क्रममा सहभागीहरुले धेरै पटक उठाइएका कुरा पनि हो । जसमा बिशेष गरि निम्न कुराहरु बारम्बार दोहोरिरहेः

  • चाहिने स्थानहरुमा र सबै चाहिएका समयहरुमा प्रतिविस पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन । खासगरी सन २०११-१२ मा त यसको हाहाकार नै भएको थियो ।
  • नेपालमा जुन प्रतिविष उपलब्ध छ त्यो असुद्ध पनि हुन सक्छ र बिरामीका लागि जोखिमपूर्ण पनि हुन सक्छ । यो चुनौति धेरै वक्ताले उल्लेख गरे ।
  • नेपालमा हाल उपलब्ध भइरहेको Polyvalent Antivenom हाम्रो देशमा भेटिएका सबै प्रजातिका सर्पदंशका लागि उपयोगी हुदैन । स्थानीय बसोबास र अवस्थाले गर्दा एउटै प्रजातिको सर्पको पनि विष उल्लेख्य रुपमा फरक हुने गरेको पाइएको छ । यसले एउटा जटिल स्थितिको सिर्जना भएको छ कि उही प्रतिविस जो हामी विदेशबाट आयात गर्छौं त्यो फरक परिवेशमा एउटै सर्पको Venom बाट बनेपनि त्यसले फरक परिवेशमा हुर्किएको सर्पको विषलाई काम नगरिरहेको हुन सक्छ । 
  • नेपाल आफैंले प्रतिविस उत्पादन गर्न सक्ने अवस्थामा छैन । उत्पादन नहुनुमा प्राविधिक कारण मात्र छैनन्, आर्थिक र कानुनी प्रावधान समेत हाम्रा बाधा हुन् । केही वर्ष अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा प्रतिविस उत्पादनका चुनौतिहरुबारे अध्ययन गरेर एउटा बृहत प्रतिवेदन तयार पारेको थियो ।
  • चिकित्सक एवं अन्य सहभागीहरुले नेपालले आफैं प्रतिविस उत्पादन गरोस् भन्ने राय राखेका थिए । धेरैले नेपाल आफैंले प्रतिविसको उत्पादन गर्न थाल्ने हो भने त्यही प्रयोगशाला र यहीँका प्राविधकबाटै अरु रोगमा समेत कामलाग्ने ERIG र Td जस्ता Vaccine हरु समेत उत्पादन गरेर धेरै लाभान्वित हुन सकिन्थ्यो भन्ने राय राखेका थिए ।

विविध

  • Prof Ulrich Kuch (Goethe University Frankfurt am Main, Germany) एक विश्व प्रशिद्ध सरिसृप विशेषज्ञ के भन्छन् भने उनी समेत सामेल भएर केही वर्ष अघि तयार भएको Guide to the Venomous Snakes of Nepal नामक पुस्तकमा तथ्यगत केही असंगतिहरु छन् । नेपालका सर्पहरुका बारेमा नेपालमा उपलब्ध यो नै हालसम्मको आधिकारिक पुस्तक हो तर यसको परिमार्जित दोस्रो संस्करण निकाल्न पाए अझै लाभदायी हुने उनको सुझाव छ । 

भविष्यमा  (Ways Forward)

सम्मेलन अवधि भर सबै अन्तराष्ट्रिय तथा क्षेत्रीय विशेषज्ञहरुले सर्पदंश प्राथमिकतामा नपरेको तर उपचारको उपाय भएको एउटा उष्णप्रदेशीय रोग भएको सर्वसम्मत धारणा बनाउदै, यस्ता उपायहरु जसले मानवीय क्षति कमगर्ने तथा सर्पदंशका घटनाहरु घटाउन सहायता गर्छ त्यसलाई अबिलम्ब प्रयोग गर्नु पर्ने जोड दिएका थिए । नेपालमा सर्पदंशबाट मर्नेहरुको संख्या कम तथा रोकथाम गर्न निम्न उपायहरु गोष्ठीका वक्ता एवं सहभागीहरुले सुझाएका थिए ।

  • नेपालको सर्पदंशको जोखिम क्षेत्र तराईमा रोकथाम तथा प्राथमिक उपचार सम्बन्धी जनचेतना अभियान चलाए लाभ हुने कुरामा सबै सहमत भए ।
  • सर्पदंश मार्गचित्र निर्देशिका सम्बन्धमा WHO नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरिरहेको छ । निर्देशिका तयार भएपछि मन्त्रालयमा पेश हुने र कार्यदल बनाएर त्यसको कार्यान्वयन हुने कुरा गोष्ठीमा जानकारी भयो ।
  • MBBS को पाठ्यांशमा सर्पदंश उपचार समावेश गर्न अनुरोध गर्ने ।
  • चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि वर्षौं देखि गर्दै आइएको तालिम अनुसार Field Manual तयार पारी त्यस Manual लाई स्थानीय भाषामा उल्था गराई भरसक अर्को वर्षको सर्पदंश समय सुरु हुनु अगावै सबैमा वितरण गर्ने व्यवस्था आवश्यक देखियो ।
  • Global Snakebite Initiative संग  उसको नेपालमा बृहत संलग्नताका लागि र भरसक नेपाल च्यापटर नै खोलेर सर्पदंश सम्बन्धी घटनाहरु केलाउन समेत वार्ता भइरहेको जानकारी भयो । The Global Snakebite Initiative Nepal Chapter ले नै माथि सुझाइएका धेरै कामहरुको थालनी गर्ने इकाइका रुपमा काम गर्न सक्ने संभावना रहेको समेत गोष्ठीमा चर्चा भयो ।
  • नेपाल रोटरी क्लबले सर्पदंश जनचेतना तथा रोकथाम सम्बन्धी अभियानमा आफू पनि सरिक हुने इच्छा जाहेर गरेको छ । त्यो अभियानमा सर्पदंश जोखिम क्षेत्रमा रेडियो तथा टेलिभिजन जनचेतना मुलक कार्यक्रम सञ्चलन एवं स्कूलहरुमा पोस्टर तथा पाम्फ्लेट वितरण समावेश हुने ।
  • नेपालमा प्रतिविस उत्पादन सुरु गर्न सकिन्छ । निजीक्षेत्र यसमा इच्छुक पनि देखिएको छ । त्यसका लागि केही वैधानिक एवं कानुनी प्रावधानहरुमा परिवर्तन जरुरी देखिएको छ ।
  • The Photographic Guide to the Venomous Snakes in Nepal को परिमार्जित दोस्रो संस्करण¸ नेपाली र अंग्रेजी दुवै भाषामा निकाल्नु पर्ने ।
  • स्मार्ट फोनहरु व्यापक प्रयोगको लाभ लिँदै स्मार्ट फोनमा चल्ने सर्पदंश र त्यसको प्राथमिक उपचार समेटिएको एउटा मोबाइल एप (Application) बनाइयो र त्यसलाई सामजिक सञ्जालमा राखियो भने नेपाल धेरै लाभान्वित हुन सक्छ ।